
काठमाडौं, २२ माघ । नेपाली कांग्रेसका सांसद एवं पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफू फरार नभएको स्पष्ट पार्नुभएको छ ।
टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै अख्तियारले खोजी गरिरहेको विषयमा सांसद कार्कीले आफू फरार रहेको विषयमा सत्यता नरहेको बताउनुभयो ।
संसद भवन नयाँ बानेश्वरमा सोमबार सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिनुभएका उहाँले टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार भएको विषयमा नाम जोडिएको सन्दर्भमा सञ्चारकर्मीले राखेको जिज्ञासामा आफू मिडियामा कुरा आए जस्तो फरार नभएको बताउनु भएको हो ।
उहाँले टेरामक्स खरिदमा भ्रष्टाचार भएको विषयमा आफूले अरु केही नबोल्ने भन्दै स्वस्थ पत्रकारिता गर्न पत्रकारलाई सुझाउनुभयो । ‘मेरो यसमा कुनै प्रतिक्रिया छैन । अफवाहको भरमा नलागी तपाईंहरुलाई पनि स्वस्थ पत्रकारीता गर्न आग्रह गर्छु ।’
टेरामक्स खरिदमा तपाईंको नाम किन जोडिएर अफवाह किन आयो भन्ने सञ्चरकर्मीको प्रश्नमा पूर्वमन्त्री कार्कीले भन्नुभयो, ‘जानुस् तपाईंहरु अनुसन्धान गर्नुस् ।’
पूर्व सञ्चारमन्त्री कार्कीको नाम जोडिएको टेरामक्स अरिद प्रक्ररणमा अर्बौं रुपैयाँ भ्रष्टाचार भएको उजुरीमा अख्तियारले अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ ।







प्रतिक्रिया