३ असार २०८३, बुधबार

४ सयले घट्यो सुनको मूल्य

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि ४ सयले नै घटेको हो ।
आज छापावाल सुन १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजाबी सुन १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

हिजो आइतबार छापावाल सुनको मूल्यतोलामा १ लाख १८ हजार ९ सय र तेजाबी सुनको मुल्य तोलामा १ लाख १८ हजार ३ सय ५० रुपैयाँ थियो ।

महासंघका अनुसार आजचाँदीको मूल्यतोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।