२२ जेष्ठ २०८३, शुक्रबार

देशको राजनीति गठबन्धनले कब्जा गरिरहेको छ : राजेन्द्र गौतम

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले गठबन्धनले देशको राजनीति कब्जा गरेको बताउनु भएको छ ।

विराटनगरमा प्रेस चौतरी मोरङले २६ औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार वितरण सामारोहमा बोल्नुहुँदै उहाँले राजनीति गठबन्धनले कब्जा गरेको आरोप लगाउनु भएको हो । गठबन्धनका कारण देश अस्तव्यस्त र उकुसमुकुस भएको उहाँको भनाइ छ ।

देश ठूलो आर्थिक संकटमा रहेको बताउनहुँदै गौतमले आर्थिक अवस्था धारासायी हुनुका साथै गाउँघरमा विकास निर्माणका काम ठप्प भएका उल्लेख गर्नुभयो । कर्मचारीलाई तलब खुवाउन ऋण लिनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

अर्को प्रशंगमा उहाँले नयाँ आएका दलहरुबाट परिवर्तन सम्भव नभएको स्पष्ट पार्नुभयो ।