३० जेष्ठ २०८३, शनिबार

राष्ट्रियसभाका अध्यक्षको चुनाव फागुन २९ गते गर्न प्रस्ताव

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । राष्ट्रिय सभाको अध्यक्षको चुनाव आगामी फागुन २९ गते गर्न प्रस्ताव गरिएको छ ।

शुक्रबार स्वीकृत भएको राष्ट्रियसभाको क्यालेन्डरले फागुन २७ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने र फागुन २९ गते अध्यक्षको निर्वाचन गर्ने कार्यतालिका बनाएको हो ।

राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले यसबारे अन्तिम टुङ्गो लगाउने छ ।

आगामी फागुन २० गते राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसद विदाइ हुँदै हुनुहुन्छ ।