७ असार २०८३, आइतबार

सुन व्यवसायीमाथि गोली प्रहार

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । पश्चिम नवलपरासीमा एकजना सुन व्यवसायीमाथि गोली प्रहार भएको छ ।

बर्दघाट नगरपालिका–४ मा बर्दघाट नगरपालिका–१६, ककुरमारा नजिकै सुनचाँदी व्यवसायी ६२ वर्षीय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको हो । गोली उहाँको पाखुरामा लागेको छ ।

सुस्ता गाउँपालिका–१, बरुवमा रहेको पसल बन्द गरेर घर फर्किँने क्रममा लुटपाट गर्ने उदेश्यले उहाँमाथि गोली प्रहार भएको प्रहरीले जानकारी दिएको छ । विश्वकर्मामाथि गोली प्रहार गरेपछि उनीहरूले विश्वकर्माको लु ७८प ७४३५ नम्बरको स्कुटर लिएर भागेका थिए । खोजीका क्रममा स्कुटर घटनास्थलभन्दा चार किलोमिटरको दूरीमा फेला परेको थियो ।

स्कुटरमा सुन भएको आशंकामा उनीहरूले विश्वकर्मामाथि गोली हानेर स्कुटर लिएर फरार भएको प्रहरीको अनुमान छ । तर विश्वकर्माले स्कुटरमा सुन राख्नु भएको थियो ।

डिकीमा भएको पसलको चाबी र चेक बुक भने उनीहरूले लगेका छन् । विश्कर्माको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । गोली प्रहार गर्नेको खोजी भइरहेको छ ।