२८ असार २०८३, आइतबार

एमाले धादिङको अधिवेशन स्थगित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बन्दसत्रमा कार्यकर्ताबीच कुटाकुट भएपछि नेकपा (एमाले) को धादिङ जिल्ला अधिवेशन स्थगित भएको छ ।

शुक्रबारदेखि सुरु भएको अधिवेशनमा जिल्ला कमिटीबाट मनोनीत नामका विषयमा शनिबार बन्दसत्रमा विवाद भई कुटाकुट भएपछि अधिवेशन स्थगित भएको बगामती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेलले जानकारी दिनु भएको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित भएको ढुंगेले जानकारी दिनुभयो । बन्दसत्रमा कुटाकुट हुँदा एमाले कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ ।

‘माघ २० गते बन्दसत्रको सुरुवातबाटै अघिल्लो दिनभन्दा बढी असहज, आक्रामक र आतंकित परिस्थिति देखापर्‍यो । यही क्रममा भिडन्त भई पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँच्चिएको छ ।’ विज्ञप्तीमा उल्लेख छ ।