२५ असार २०८३, बिहिबार

अजोड इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

यसले माघ २२ गते साधारणसभा प्रयोजनका लागि बुक क्लोज गर्ने भएको छ । उक्त लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्ने कम्पनीले जनाएको छ ।

साथै, कम्पनीले गत वर्षको नाफाबाट यस सेयरधनीहरुलाई १०.२६१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद गरी कुल १०.८०१ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ ।

युनाइटेड अजोडले फागुन ६ गते उक्त लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । सभा अनमोल ब्यांकेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।