२९ जेष्ठ २०८३, शुक्रबार

सोनापुर मिनिरल्स एन्ड आयलको साधारण सभा माघ २६ गते

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । सोनापुर मिनिरल्स एन्ड आयलको वार्षिक साधारणसभा बस्ने भएको छ । साधारणसभा माघ २६ गते होटल माला इन घोराही–१५, दाङमा बिहान १० बजे सुरु हुनेछ । सोनापुरले लाभांश प्रस्तावबिनै साधारणसभा बोलाएको छ ।

सभामा प्रबन्धपत्र संशोधन गर्ने र कम्पनीको उद्देश्यहरु थप गर्ने प्रस्ताव र कम्पनीको हाल कायम चुक्ता पुँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढीको रकम विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण चुक्ता गर्नका अनुमोदन गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

कम्पनीले गत आर्थिक वर्षको नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत अन्य विवरणहरुमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ ।

साथै, सभामा सर्वसाधारण सेयरधनी समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनका लागि यसले माघ १२ गते बुक क्लोज गरिसकेको छ । ११ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।