३० जेष्ठ २०८३, शनिबार

राष्ट्रपतिसँग एमाले अध्यक्ष ओली आक्रोशित

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेलसँग आक्रोशित हुनु भएको छ ।

पार्टी संसदीय दलको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले राष्ट्रपति पौडेलको पछिल्लो भुमिकालाइ लिएर आक्रोशित हुनु भएको हो । अध्यक्ष ओलीले राष्ट्रपति पौडेल आफ्नो पदीय मर्यादामा नबसेको बताउनुभयो ।

राष्ट्रपतिलाई संविधान अनुसार काम गर्नु पर्नेमा सो नगरी पार्टी भन्दा माथी उठन नसकेको पनि आरोप लगाउनुभयो । ‘राष्ट्रपतिजी तपाईँ कांग्रेसको प्रतिनिधि होइन, सिङै देशको राष्ट्रपति हो, आफ्नो थान्कामा बस्नुस्, आफूले पाएको अधिकार प्रयोग गर्नुस्, जथाभाबी अधिकारको प्रयोग नगर्नुस्, गठबन्धनका प्रतिनिधि होइन राष्ट्रपतिज्यू तपाई, देशको प्रतिनिधि हो, देशको प्रतिनिधि भएर काम गर्नुस्’, उहाँले भन्नुभयो। राष्ट्रपतिले तनहुँमा गएर कांग्रेस भएर भाषण गरेको भन्दै ओलीले आलोचना गर्नु भएको हो । आफू राष्ट्रपति भएको कुराको ख्याल नै नभएकोसमेत उहाँको भनाई छ ।

ओलीले राष्ट्रपति कानुनभन्दा माथि होइन भन्ने कुरा नबिर्सन पौडेललाई आग्रह गर्नु भएको छ । ‘राष्ट्रपति संविधानभन्दा माथि होइन, हामीले राजालाई त संविधान भित्र ल्याएर संविधानभन्दा माथि नहुने गराएका थियौँ, त्यो दायरा नाघ्दा राजतन्त्र समाप्त भयो, संविधानको दायरा नाघ्यो भने कसैको पनि भलो हुँदैन’, उहाँले भन्नुभयो ।

पौडेलसँग राष्ट्रपति पदको सचेतता होइन, गठबन्धन र बहुमतको दम्भ रहेको टिप्पणी गर्दै ओलीले राष्ट्रपति पौडेललाई दम्भ त्याग्न आग्रह गर्नुभएको छ ।