२१ जेष्ठ २०८३, बिहिबार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ०७ पैसा र बिक्री दर १४४ रुपैयाँ ७२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६८ पैसा पुगेको छ ।

शुक्रबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०७ पैसामा कारोबार भएको थियो ।

यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ ०७ पैसा र बिक्री दर १४४ रुपैयाँ ७२ पैसा तथा अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४५ पैसा र बिक्री दर १३३ रुपैयाँ ०५ पैसामा कारोबार भएको थियो । आज युरो र बेलायती पाउण्डको भाउ बढेको छ ।

आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।