१८ असार २०८३, बिहिबार

१५ दिनभित्र साहारा चितवन सहकारीविरुद्ध उजुरी दिन प्रहरीको अनुरोध

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २० माघ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका निक्षेपकर्ताहरुलाई १५ दिनभित्र उजुरी दिन जिल्ला प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ ।

शुक्रबार एक सूचना जारी गर्दै प्रहरी कार्यालयले उक्त सहकारीले रकम ठगी गरेका र उजुरी दिन छुटेका निक्षेपकर्ताहरूलाई उजुरी दिन आग्रह गरेको हो ।

भरतपुर महानगरपालिका–३ लायन्सचोकमा रहेको सहकारीको कार्यालय सेवा केन्द्र टाँडी र पर्सा शाखाका संस्थापक अध्यक्ष, कार्य समितिका पदाधिकारी र व्यवस्थापक समेतले उक्त सहकारीमा आवद्द रहेका निक्षेपकर्ताहरुको रकम ठगी गरेकोले ठगी सम्बन्धी कसुरमा जाहेरी परेकाले उनीहरु विरुद्ध अनुसन्धान भइरहेको प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायव उपरिक्षक श्रीराम भण्डारीले जानकारी दिनुभयो ।