
काठमाडौं, १९ माघ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले निराश जनतामा आशाको सञ्चार गर्ने गरी एमालेले अभियान थाल्ने बताउनु भएको छ ।
शुक्रबार पश्चिम नवलपरासीको रामग्राममा अवस्थित गौतम वुद्धको अस्थीधातु रहेको स्थल रामग्राम स्तुपको निरीक्षणपछि आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै उहाँले वर्तमानको कारण देशमा भ्रष्टाचार बढेको, सामाजिक सद्भाव खलबलिएको तथा दण्डहीनता बढेकाले अब एमाले सशक्त ढंगले प्रस्तुत हुने बताउनु भएको हो ।
एमाले अब विकास र समृद्धिको नारा लिएर जनताको माझमा जाने उहाँको भनाइ छ ।
एमालेले गरेको राम्रो कामको नतिजाले नै राष्ट्रिय सभा निर्वाचनमा एक सिट जित्न सफल भएको पनि उहाँको तर्क थियो ।








प्रतिक्रिया