२० असार २०८३, शनिबार

सरकारलाई दबाब दिन युवा सडकमा आउनुपर्छ : विष्णु पौडेल 

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले सरकारलाई दबाब दिन युवा सडकमा आउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय युवा संंघ नेपाल रुपन्देही प्रचार विभागले शुक्रबार आयोजना गरेको स्व। परमानन्द खरेलको स्मृति फुटसल प्रतियोगिता उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले सरकारको विकास विरोधी गतिविधिका विरुद्ध सडकमा आउन आवश्यक रहेको बताउनु भएको हो ।

गठबन्धन सरकारको काम विकास विरोधी भएकोले सरकारका विरुद्ध युवालाई सडकमा उत्रिन पौडेलले आग्रह गर्नुभयो । आन्दोलन मार्फत सरकारलाई दबाब दिनु पर्नेमा पौडेलले जोड दिनुभयो ।

पौडेलले सरकारको कारण देशको अवस्था जटिल बन्दै गएको बताउनुभयो । दैनिक रूपमा युवा विदेश पलायन हुने अवस्था सृजना हुँदा पनि सरकारले केही गर्न नसकेको पौडेलले बताउनुभयो ।

‘सरकारले स्वदेशमा रोजगारीका लागि आवश्यक पर्ने कुनै योजना ल्याउन सकेको छैन’, पौडेलले भन्नुभयो । युवालाई स्वदेशमै रोजगारीको वातावरण सृजना गर्न युवाहरुले सडकबाट सरकारलाई दबाब दिनु पौडेलको भनाइ छ ।