२१ असार २०८३, आइतबार

गठबन्धन सरकार काम नलाग्ने, अलोकतान्त्रिक र भ्रष्ट : केपी ओली

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार सामान्य मूल्य मान्यतामा पनि चल्न नसकेको बताउनु भएको छ ।

बैङ्क, बीमा तथा वित्तीय संस्था कर्मचारी संघ नेपालको सातौँ राष्ट्रिय महाधिवेशनलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट सरकार भएको बताउनु भएको हो ।

‘ यो सरकार काम नलाग्ने, अलोकतान्त्रिक र भ्रष्ट सरकार हो’, ओलीले भन्नुभयो। गठबन्धन सरकारले देशमा बेथिति निम्त्याएको उहाँले बताउनुभयो ।

‘यो सरकार कानुन अनुसार चल्ने, कानुनी मूल्य मान्यता अनुसार चल्ने सरकार होइन, गैरकानुनी बेथितिसँग चल्ने सरकार हो, यसका दृष्टान्त जति दिए पनि कम हुन्छन्’, ओलीले भन्नुभयो ।

गठबन्धनको कारण देश बरबाद भएको ओलीको आरोप छ । अहिलेको सरकारका कारण देशको राजनीति, अर्थतन्त्र, सामाजिक, सांस्कृतिक अवस्था सबै खराब भएको ओलीले टिप्पणी गर्नुभयो ।