
काठमाडौं, १९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान सिंहदरबारमा भेटवार्ता भएको छ ।
उहाँहरूबीच प्रधानमन्त्रीको कार्यकक्षमा छलफल भएको हो । प्रचण्ड र ओलीबीच संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) टुंग्याउने विषयमा छलफल भएको जानकारी दिइएको छ ।
यस्तै, बजेट अधिवेशन, संसदलाई दिने विजनेश लगायतका विषयमा पनि छलफल भएको थियो ।








प्रतिक्रिया