५ असार २०८३, शुक्रबार

अरुण चौधरी र अजितमानसिंह थापालाई ग्राण्डी अस्पताल लगियो

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ । बाँसबारी जुक्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ पर्नुभएका व्यवसायी अरूण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई ग्राण्डी अस्पताल लगिएको छ।

हिजो पक्राउ पर्नु भएका उहाँहरूलाई जिल्ला अदालतले चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएकामा स्वास्थ्यमा समस्या देखाउँदै दुवैजनालाई चिरायु अस्पताल भर्ना गरिएको थियो ।

फेरि आज उहाँहरूलाई ग्राण्डी अस्पताल रिफर गरिएको हो । ८२ वर्षका थापालाई मुटुको समस्या छ भने चौधरी उच्च रक्तचाप देखाउँदै अस्पताल भर्ना हुनु भएको हो ।

उसो त पक्राउ परेका भीआईपीहरूले बिरामी भएको बहाना बनाउँदै अस्पताल बस्ने गरेका यसअघिका थुप्रै घटनामा पनि देखिएका छन् ।