
काठमाडौं, १९ माघ । नेकपा (एमाले)ले शनिबारदेखि संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुवै दिन बस्ने सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठक संसद भवनको ल्होत्से हलमा बस्नेछ ।
आगामी सोमबारदेखि बस्ने संसद्को हिउँदे अधिवेशनका विषयमा छलफल गर्न एमालेले दलको बैठक बोलाएको हो ।
अधिवेशनको तयारीका विषयमा अन्य दलहरूले पनि दलको बैठक राखेका छन् ।








प्रतिक्रिया