
काठमाडौं, १९ माघ । खुद ब्याज आम्दानीमा गिरावट आएपछि इन्फिनिटी लघुवित्तको खुद नाफा ६३ प्रतिशतले घटेको छ ।
लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा इन्फिनिटी लघुवित्तको खुद नाफा १ करोड १४ लाख ८९ हजार रुपैयाँ रहेको छ । जुन गत वर्षको यसै अवधिमा रहेको ४ करोड १० लाख रुपैयाँको तुलनामा ६३.५५ प्रतिशत थोरै हो ।
यसअवधिमा खुद ब्याज आम्दानी २८.६५ प्रतिशतले घटेर १० करोड ८९ लाख ५८ हजार रुपैयाँमा सिमित भएको छ । कम्पनीको ब्याज आम्दानी नै घटेपछि नाफा प्रभावित बनेको छ ।
ब्याज आम्दानीसँगै खुद फि तथा कमिसन आम्दानी पनि ३१.०७ प्रतिशतले घटेर ४ करोड १० लाख रुपैयाँमा आएपछि खुद नाफामा गिरावट आएको हो । यसको रिजर्भ कोषमा भने ३८.२९ प्रतिशत वृद्धि भएको छ ।
खराब कर्जा ४.९५ प्रतिशतमा स्थिर रहेको छ ।
यता, खुद नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि १३.८१ रुपैयाँले घटेर ६.०२ रुपैयाँमा सिमित भएको छ ।








प्रतिक्रिया