२५ असार २०८३, बिहिबार

झारखण्डमा चम्पाई सोरेन नयाँ मुख्यमन्त्री बन्दै, आजै शपथ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ । भारतको झारखण्ड राज्यमा फेरि झारखण्ड मुक्ति मोर्चाकै सरकार बन्ने भएको छ ।

भ्रष्टाचारको आरोप लागेपछि तत्कालिन मुख्यमन्त्री हेमन्त सोरेनले बुधबार राति पदबाट राजीनामा दिनुभएको थियो । उहाँको राजीनामापछि कांग्रेस–झारखण्ड मुक्ति मोर्चा गठबन्धनले मोर्चाकै नेता चम्पाई सोरेनलाई नयाँ मुख्यमन्त्रीका लागि अघि सारेको थियो ।

बहुमत विधायकहरूको समर्थन देखाएपछि राज्यपाल सीपी राधाकृष्णनले सोरेनलाई नयाँ सरकार गठनका लागि आमन्त्रित गर्नुभएको छ । चम्पाई सोरेनले शुक्रबारै मुख्यमन्त्रीको शपथ लिँदैहुनुहुन्छ । सोरेनले अबको १० दिनभित्र सदनमा बहुमत प्रमाणित गर्नुपर्ने सांसद आलमगीर आलमले जानकारी दिनुभयो ।

सोरेनले ४३ सांसदको समर्थनमा आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेश गर्नुभएको थियो ।

जमीन खरिदबिक्रीमा भ्रष्टाचार गरेको आरोप लागेपछि तत्कालीन मुख्यमन्त्री हेमन्त सोरेन बुधबार राति पक्राउ पर्नुभएको थियो । लगत्तै उहाँले पदबाट राजीनामा दिनुभएको थियो ।

८१ सदस्यीय विधानसभामा सबैभन्दा ठूलो दल झारखण्ड मुक्ति मोर्चाका २९ सांसद छन् भने दोश्रो दल भाजपाको २६ सांसद छन् । तर अर्को दल कांग्रेसले समर्थन गरेपछि झारखण्ड मुक्ति मोर्चाले सरकार चलाउने मौका लिँदै आएको छ ।