६ असार २०८३, शनिबार

केन्याको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै विष्फोट, १६५ भन्दा बढी घाइते

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नैरवी, १९ माघ । केन्यामा ग्याँस स्टेशनमा विष्फोट हुदाँ १६५ जना भन्दा बढी घाइते भएका छन् ।

सरकारका प्रवक्ता इसाक मवाउराले बिहीबार राति करिब ११ बजे नैरोबीको एम्बकासीस्थित जोमो केन्याटा अन्तर्राष्ट्रिय विमानस्थल (जेकेआईए) नजिकै विस्फोट र आगलागी भएको पुष्टि गर्नुभएको छ ।

मवाउराले शुक्रबार बिहान आफ्नो सामाजिक सञ्जाल पृष्ठहरूमा साझा गरेको एक विज्ञप्तिमा, एयरपोर्ट नर्थ रोडको कबानसोरा नजिकैको ग्यास स्टेशनमा आगलागी भएको बताउनुभयो । तर, आगलागीको कारण भने खुल्न नसकेको उहाँले बताउनुभयो । समाचार अनुसार सो विस्फोटमा परी १६५ जना भन्दा बढी बढी व्यक्ति घाइते भएका छन् ।

‘कम्पनीले ग्याँस सिलिन्डर रिफिल गरिरहेको बेला एक्कासी आगलागी भएको र त्यसपछि धेरै व्यक्तिहरू घाइते भएका र अस्पताल लगिएको छ,’ मवाराले भन्नुभयो । तर, अहिलेसम्म कुनै हताहतको पुष्टि भइ नसकेको केन्याका मिडियाहरूले जनाएका छन् ।

‘कम्पनीको होस्टेलको भवन नराम्ररी क्षतिग्रस्त भएको छ । यस क्षेत्रमा फायर इन्जिनहरू तैनाथ गरिएको लगायत उद्धार कार्यहरू भइरहेकाले जनतालाई यस क्षेत्रबाट टाढा रहन सल्लाह दिइन्छ,’ प्रवक्ताले भन्नुभएको छ ।

नैरोबीका प्रहरी प्रमुख एडमसन बुन्गेईले पनि ग्यास भर्ने ठाउँमा विस्फोट भएको पुष्टि गर्नुभएको छ ।

घटनास्थलमा पुगेका आकस्मिक सेवा प्रदायकहरूले घाइतेहरूलाई तत्काल केन्याटा नेसनल अस्पताल, मामा लुसी अस्पताल र कोमारोक मेडिकल सेन्टरमा उपचारका लागि पुर्‍याएका छन् । पीडितलाई उद्धार गर्न घटनास्थलमा पुगेका प्रत्यक्षदर्शीका तस्वीरले उनीहरुको शरीर जलेको देखाएको छ ।