
काठमाडौं, १९ माघ । राप्रपा नेपालको सहकारी विभागले ‘लघुवित्त तथा सहकारी क्षेत्रका समस्या, चुनौती र समाधानका उपाय’ विषयमा आज अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
लाखौँ मानिसहरुसँग जोडिएको अत्यन्तै जल्दिबल्दो विषय र पछिल्लो समय संकटग्रस्त क्षेत्रको रुपमा रहेको विषयलाई उठान गर्नुपर्ने आवश्यकता रहेकोले कार्यक्रम आयोजना गरिएको विभागका प्रमुख तथा राप्रपा नेपालका नेता राजकुमार खड्काले जानकारी दिनुभयो ।
कार्यक्रममा सम्बन्धित विषयका विज्ञ , सहकारी लघुवित्त आवद्ध व्यक्तिहरु, पीडितहरु, सञ्चारकर्मी तथा यस विषयलाई नजिकबाट हेरिहरेका व्यक्त्तित्वहरुको सहभागीता रहने कार्यक्रम तयारी समितिका सदस्य सचिव महेशबहादुर सिंहले जानकारी दिनुभयो ।









प्रतिक्रिया