३१ जेष्ठ २०८३, आइतबार

सिटिजन्स बैंकद्वारा वृद्धा आश्रमलाई सहयोग

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ मा रहेको वृदाश्रमलाई सहगोग गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ज्येष्ठ नागरिकहरुलाई आश्रय दिइ रहेको जेष्ठ नागरिक सम्मान वृद्धा आश्रमलाई करिब तीन महिनालाई पुग्ने बराबरको दैनिक उपभोग्य खाद्यान्न सामाग्री लगायत अन्य सामाग्री उपलब्ध गराएको हो ।

वृद्धाआश्रममा आज आयोजित एक समारोहकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग सामग्रीहरु हस्तान्तरण गर्नुभएको हो ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले ज्येष्ठ नागरिकहरु समाजका एक अभिन्न अंग भएका र उहाँहरुलाई सहयोग प्रदान गर्न पाँउदा गौरवान्वित महशुस गरेको बताउनुभयो ।