
काठमाडौं, १८ माघ । कान्छा भाई अरुण चौधरी परेसँगै नेपालका धनाढ्य अर्बपति एवम् प्रतिनिधिसभा सांसद विनोद चौधरीलाई पनि पक्राउ गर्न प्रहरीले खोजी गरिरहेको छ ।
बाँसबारी छाला कारखानाको जग्गा हडेपेको आरोपमा प्रहरीले उहाँलाई खोजी गरिरहेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले यही प्रकरणमा विनोदका कान्छा भाइ अरूण चौधरीलाई आज बिहान पक्राउ गरिसकेको छ ।
अर्बपति चौधरीले ३७ वर्षअघि उक्त जग्गा हडप्नु भएको थियो । अहिले सोही जग्गामा सिजी चाँदबाग रेसिडेन्सी प्रालि हुँदै चाँदबाग स्कूल संचालित छ ।
तर, प्रचण्ड सरकारले विनोद चौधरीलाई पक्राउ गर्न सक्छ कि सक्दैन रु प्रश्न उब्जिएको छ । किनकी चौधरीलाई आरजू राणाको संरक्षण रहेको बताइन्छ ।








प्रतिक्रिया