१५ असार २०८३, सोमबार

अर्बपति सांसद विनोद चौधरीका भाइ अरुण पक्राउ, यस्तो छ कारण

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । अर्बपति एवम् प्रतिनिधिसभा सांसद विनोद चौधरीका कान्छा भाइ व्यवसायी अरुण चौधरी पक्राउ पर्नुभएको छ । उहाँलाई आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।

काठमाडौंको बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा सीआईबीले उहाँलाई पक्राउ गरेको हो । उहाँका जेठा दाई अर्बपति सांसद विनोद चौधरीले बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको घटनामा भाइ अरुणलाई पक्राउ गरिएको हो ।

३७ वर्षअघि दाजु विनोदले हडपेको उक्त जग्गामा आफ्नो स्वामित्व नै नभएका अरुणलाई पक्राउ गरेपछि परिवारजन आश्चर्यमा परेको छ । सो जग्गाको सम्पूर्ण स्वामित्व ८ वर्षअघि नै विनोदले आफ्नो एकल बनाइसक्नु भएको थियो ।

अहिले सोही जग्गामा सिजी चाँदबाग रेसिडेन्सी प्रालि हुँदै आफू अध्यक्ष रहेको चौधरी ग्रुप सिजीद्वारा चाँदबाग स्कूल संचालित छ ।

सीआईबीले अरूणसँगै अजित नारायण थापालाई पनि पक्राउ गरेको छ ।