५ असार २०८३, शुक्रबार

कलेजोको सफल प्रत्यारोपण गर्ने नेपाली चिकित्सकको टीमलाई एमाले अध्यक्ष ओलीको बधाई

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कलेजोको सफल प्रत्यारोपण गर्ने नेपाली चिकित्सक टीमलाई बधाई दिनुभएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा नेपाली चिकित्सकको टोलीले पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने सफलता पाएकोमा अध्यक्ष ओलीले बधाई दिनुभएको हो ।

‘आठ वर्ष अगाडि नेपालमै कलेजो प्रत्यारोपण सुरु भए पनि प्रत्यारोपणको लागि विदेशी डाक्टर आउनु पर्ने बाध्यता थियो, कलेजो प्रत्यारोपणको नेतृत्व गर्नुहुने प्राध्यापक डा. रमेशसिंह भण्डारीलाई आज बिहान फोन गरेर बधाई दिएँ’, सामाजिक सञ्जाल फेसबुकमा ओलीले लेख्नु भएको छ ।

प्राध्यापक डा. भण्डारी नेतृत्वको टोलीले एक पुरुषमा कलेजोको सफल प्रत्यारोपण गरेको हो । नुवाकोटका ४१ वर्षीय बिरामीलाई ४० वर्षीय बिरामीकी श्रीमतीले दिनुभएको कलेजो प्रत्यारोपण गरिएको हो । कलेजो प्रत्यारोपित बिरामीको श्रीमान् श्रीमती दुवै आज डिस्चार्ज हुनुभएको छ ।

ती पुरुषमा गत पुस २७ गते कलेजो प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण सफल भएर बिरामी डिस्चार्ज भएपछि अस्पतालले सो कुरा सार्वजनिक गरेको हो । ‘डा. भण्डारी र उहाँको टिमलाई यस सफलताको लागि बधाई’, ओलीले लेख्न भएको छ ।