
सर्लाही, १८ माघ । सर्लाहीमा एक युवती मृत फेला पर्नुभएको छ ।
बलरा नगरपालिका–४ जब्दीस्थित आफ्नै घरमा २१ वर्षीया श्रीमती पूजा देवी मृत फेला पर्नुभएको हो । मंगलबार राति शंकास्पद अवस्थामा पूजा मृत फेला परेपछि उहाँका पति छोटेलाल सहनी र ससुरा जयनारायण सहनी फरार हुनु भएको छु । जसले घटना शंकास्पद देखिएको हो । मृतक पूजा देवीको घाँटीमा डामसमेत देखिएको प्रहरीले जनाएको छ ।
मृतक पूजाका पति छोटेलाल र ससुरा जयनारायण फरार भए पनि सासु बनारसी देवीलाई नियन्त्रणमा लिइएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया