१९ असार २०८३, शुक्रबार

आयल निगमको लापरवाहीले रडमा छेडिएर एक विद्यार्थीको ज्यान गयो

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, १८ माघ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकास्थित अमलेखगञ्जमा रहेको नेपाल आयल निगमको प्रादेशिक कार्यालयको लापरवाहीका कारण बुधबार एक विद्यार्थीको ज्यान गएको छ ।

विद्युतिकरणका लागि भन्दै कार्यालयले सडकमा राखेको पोलको रडले छेडिएर जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ का ललित गोलेको ११ वर्षीय छोरा लक्की गोलेको घटनास्थलमै ज्यान गएको हो ।

घरबाट विद्यालयका लागि निस्किएका गोले निगमको कार्यालयअगाडि पोलमा भर्‍याङ बनाउन राखिएको रडमा ठोक्किएर छेडिएका थिए । रडले गोलेको टाउको छेडेको र घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

गोले जीतपुरसिमरा वडा नम्बर १ पथलैयास्थित होली गार्डेन इङ्लिस स्कुलमा कक्षा ५ मा अध्ययनरत थिए । उनी विद्यालय पोशाक लगाएर आयल निगमअगाडि रहेको पार्किङस्थलतर्फ जाँदै थिए । सधै झैं पार्किङ स्थलतर्फ हिँडेका गोलेको सडक पेटीमा राखिएको पोलको रडमा छेडिएर मृत्यु भएको हो ।

अमलेखगञ्जका स्थानीयले आयल निगमको चरम लापरवाहीका कारण बालकले ज्यान गुमाउनु परेको भन्दै आक्रोश पोखेका छन् ।