२४ जेष्ठ २०८३, आइतबार

विमानस्थलमा कुटपिट प्रकरण : छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबीच भएको कुटपिट प्रकरणको छानबिन सकेर छानबिन समितिले गृहमन्त्रीलाई प्रतिवदेन बुझाएको छ ।

छानबिनका क्रममा समितिले प्रहरी र अध्यागमनका कर्मचारीहरुसँग बयान लिएको थियो । समितिले घटनास्थलको सीसी क्यामेरा फुटेज पनि हेरेको छ ।

घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले माघ १२ गते गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोकत्वमा छानबिन समिति गठन गरेको थियो ।

प्रतिवेदनमा प्रहरीबाट कुटाइ खाएका अध्यागमन अधिकृतलाई विमानस्थलबाट हटाउन सिफारिस गरिएको भने कुटपिटमा संलग्न प्रहरीलाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ ।