१८ असार २०८३, बिहिबार

अबको प्रधानमन्त्री माधवकुमार नेपाल : विमलेन्द्र निधि

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, १७ माघ । कांग्रेस नेता विमलेन्द्र निधिले गठबन्धन सरकार २०८४ सम्म टिक्ने दावी गर्नुभएको छ ।

नेपाल प्रेस युनियन दाङ शाखाले बुधबार घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्व गृहमन्त्रीसमेत रहेका नेता निधिले सत्ता गठबन्धनमा भएका सहमतिको अक्षरश: कार्यान्वयनका लागि गठबन्धन टिकाउनुको विकल्प नरहेको बताउनुभएको हो ।

उहाँले देशको नेतृत्व पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्हालिरहेको बताउँदै दुई वर्षपछि समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एक वर्ष नेतृत्व गर्ने जानकारी दिनुभयो ।

पाँच वर्षे अवधिको अन्तिम दुई वर्ष कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व सम्हाल्दै ०८४ मा निर्वाचन गराउने गरी सहमति भएको हुँदा अहिलेको सत्ता गठबन्धन टिकाउन सबै लाग्नुपर्ने दावी गर्नुभयो ।

नेता निधिले अहिले संयुक्त सरकार भएकाले निर्वाचनमा जनतासँग बाचा गरेअनुसार काम हुन नसके पनि गठबन्धनको आवश्यकता भने आगामी निर्वाचनसम्म हुनुपर्नेमा जोड दिनुभयो ‘अहिलेको गठबन्धन भत्काउन खोज्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नुजस्तै हो’, नेता निधिले भन्नुभयो, ‘सत्ता साझेदार बीच भएको सहमति कार्यान्वयनको बाटोमा सबै इमान्दारपूर्वक लाग्नुपर्छ। त्यसैले गठबन्धनको विरोध गर्ने होइन, कसरी आगामी निर्वाचनसम्म जान सकिन्छ, त्यसतर्फ लाग्ने हो।’

नेपाल प्रेस युनियन दाङ शाखाले बुधवार घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले अरु बेला नेताको भाषण सुन्ने जनतासँग अहिले कांग्रेसले गुनासाहरु सुन्न ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन भएको बताउनुभयो।