
काठमाडौं, १७ माघ । १२ बर्षसम्म निर्वाचन हुन नसकेको नेपाल स्काउटको तीनै तहको निर्वाचन यही माघ २२ र २७ गते हुने भएको छ ।
गत पुस २३ गते युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुको अध्यक्षतामा बसेको राष्ट्रिय परिषद्को बैठकले १२ बर्षपछि नेपाल स्काउटको स्थानीय, प्रदेश र राष्ट्रिय परिषद्हरुको निर्वाचन तोकेको हो ।
निर्वाचनलाई स्वच्छ र निष्पक्ष रूपमा संचालन गर्न युवा तथा खेलकुद मन्त्रालयलले सहसचिव शिव रेग्मीको अध्यक्षतामा पाँच सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ ।
बालबालिका तथा युवाहरूलाई अनौपचारीक शैक्षिक अभियान मार्फत अनुशासित, कर्मठ, स्वाभलम्बी र राष्ट्रप्रेमी नागरिकको रुपमा उत्पादन गर्ने उद्धेश्य बोकेको स्काउट अभियान विश्वका १७० भन्दा बढी मुलुकमा संचालनमा छ । २०६८ यता राजनीतिक दलहरुको कोपभाजनको शिकार भएको नेपाल स्काउटमा निर्वाचन बिना तदर्थ समितिले नै सम्पूर्ण प्रशासनिक कार्य गर्दै आइरहेको थियो ।
सरकार परिर्वतन भएपिच्छे नेतृत्व परिर्वतन हुँदै आइरहेको नेपाल स्काउटमा हुन लागेको निर्वाचनले मन्त्री लिम्बु र युवा तथा खेलकुद मन्त्रालयको कार्य सम्पादनमा सकरात्मक भूमिका खेल्ने जानकारहरु बताउनुहुन्छ ।










प्रतिक्रिया