
काठमाडौं, १७ माघ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।
बुधबार अमेरिकी डलरको भाउ घटेको छ भने युरोको भाउ बढेको छ। आज अमेरिकी डलरको भाउ ०४ पैसाले घटेर एकको खरिददर १३२ रूपैयाँ ६८ पैसा र बिक्रीदर १३३ रूपैयाँ २८ पैसामा कारोबार भएको छ । मंगलबार यसको खरिददर १३२ रूपैयाँ ७२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३२ पैसामा कारोबार भएको थियो।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ ८७ पैसा र बिक्रीदर १४४ रूपैयाँ ५२ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २८ पैसाले बढेको हो । मंगलबार युरोको खरिददर १४३ रूपैयाँ ५९ पैसा र बिक्रीदर १४४ रूपैयाँ २४ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको बुधबार खरिददर १६८ रूपैयाँ २२ पैसा र बिक्रीदर १६८ रूपैयाँ ९९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ५२ पैसा र बिक्रीदर ८७ रूपैयाँ ९९ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ९४ पैसा र बिक्रीमा ९९ रूपैयाँ ३९ पैसा कायम गरिएको छ ।
यता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ०१ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ०५ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४८ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५६ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९८ पैसा तथा बिक्री दर १० रूपैयाँ ०३ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, बुधबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३८ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५४ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १२ पैसा र बिक्रीदर ३६ रूपैयाँ २९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार २८ रूपैयाँ ०७ पैसा र बिक्रीदर २८ रूपैयाँ १९ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ २४ पैसा र बिक्रीदर ४३३ रूपैयाँ १९ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ९० पैसा र बिक्रीदर ३५३ रूपैयाँ ५० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।








प्रतिक्रिया