२५ जेष्ठ २०८३, सोमबार

एनआइबीएल स्टेबल फन्डमा आवेदन दिने आज अन्तिम दिन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ । एनआइबीएल स्टेबल फन्डमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ ।

सेयरधनीहरुले यसमा आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । एनआइएमबी एस क्यापिटलले माघ २ गतेदेखि आवेदन खुला गरेको हो । उक्त फन्डको १० करोड इकाई बिक्री खुला गरेको हो ।

जसमध्ये एनआइएमबी एस क्यापिटललाई १० लाख इकाई योजना व्यवस्थापक छुट्याइएको छ । यस्तै, कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई १ करोड ४० लाख इकाई सुरक्षित गरेको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

यो बन्दमुखी योजना हो । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् ।