
काठमाडौं, १६ माघ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमर शहीदहरूप्रति सम्मान प्रकट गर्नुभएको छ ।
आज मंगलबार शहीद दिवस, २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै अध्यक्ष ओलीले युगलाई जहानियाँ राणा शासनको अध्यारोबाट प्रजातन्त्रको उज्यालो दिन जीवन अर्पण गर्नुभएका अमर शहीदहरू गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीप्रति सम्मान प्रकट गर्नुभएको हो ।
अध्यक्ष ओलीले आफ्नो फेसबुकमार्फत शहीद दिवसको प्रेरणा नभुलौं भन्नुहुँदै सबैलाई शुभकामना दिनुभएको हो । अध्यक्ष ओलीले लेख्नुभएको छ,‘युगलाई जहानियाँ राणा शासनको अँध्यारोबाट प्रजातन्त्रको उज्यालो दिन जीवन अर्पण गर्नु भएका अमर शहीद गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्रीलाई नमन । शहीद दिवसको प्रेरणा नभुलौं, सबैलाई शुभकामना !!’








प्रतिक्रिया