३० असार २०८३, मंगलबार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३२ पैसा रहेको छ । आइतबारदेखि स्थिर रहेको डलरको मूल्यमा मंगलबार केही पैसामात्रै वृद्धि भएको हो ।

युरो एकको खरिद दर १४३ रुपैयाँ ५९ पैसा र बिक्री दर १४४ रुपैयाँ २४ पैसा रहेको छ । युरोको मूल्यमा भने करिब एक रुपैयाँले घटेको छ ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३३ पैसा रहेको छ ।

आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।