२५ असार २०८३, बिहिबार

विदेश पठाइदिन्छु भन्दै ३३ लाख ठगी गर्ने कन्सलटेन्सी सञ्चालक पक्राउ

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अजरबैजान पठाइदिने भन्दै रु ३३ लाख दुई हजार ठगी गर्ने एक कन्सलटेन्सी सञ्चालकलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा बारा कोल्वी नगरपालिका–४ बस्ने ३३ वर्षीय रामशरण शिवाकोटी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेका निज शिवाकोटीले मिराकल कन्सलटेन्सी खोली युनिसा आलेमगरलाई वैदेशिक रोजगारीका लागि अजरबैजान पठाइदिने पटकपटक गरी रु १६ लाख ५० हजार, राजन प्रसाईंसहित तीन जनाबाट रु १६ लाख ५२ हजार ठगी गरी सम्पर्कबिहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनलाई आइतबार विहान १० बजेतिर कञ्चनपुरको भिमदत्त नगरपालिका–४ गड्डाचौकीबाट पक्राउ गरी आज सार्वजनिक गरिएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रारम्भिक अनुसन्धानमा सिवाकोटीले फ्रान्स, स्पेन, युक्रेनलगायतका देशमा रोजगारीका लागि पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग रकम लिएको खुल्न आएको छ ।”

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि सोमबारै वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालले जनाएको छ ।