
काठमाडौं, १५ माघ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सुर्खेत शाखाले मलेसियामा मृत्यु भएका रामबहादुर घर्तीको परिवारलाई बीमा दावी भुक्तानी गरेको छ ।
सल्यान जिल्लाको कालिमाटी गाउपालिका वडा नम्बर ५ निवासी बीमित घर्तीको रोजगारीका क्रममा गत मंसिर २२ गते मलेसियामा मृत्यु भएको थियो ।
सोमबार एक कार्यक्रम गरी घर्तीकी श्रीमती काशीमाया घर्तीलाई १४ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरिएको हो ।
जनप्रतिनिधि निम बहादुर बुढामगरको रोहवरमा बीमितको घरमै गई दाबी रकम भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।








प्रतिक्रिया