२६ जेष्ठ २०८३, मंगलबार

दोहोरो अंकले बढ्यो नेप्से

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । शेयर बजार परिसूचक नेप्से सोमबार पनि दोहोरो अंकले बढेको छ । आइतबार १०.३७ अंकले बढेको शेयर बजार नेप्से आज १०.२६ अंकले बढेर २१०४.७२ अंकमा कायम भएको छ ।

बैंकिङ, लघुवित्त र निर्जीवन बीमा बाहेकका समूहको सेयर सामान्य बढेको छ । आज एक सय ५० कम्पनीको शेयर मूल्य बढेकोमा ८६ कम्पनीको ओरालो लागेको छ । ११ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।

युनियन हाइड्रो र अरुण भ्याली हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन गरिमा डिभेन्चरको शेयर १० प्रतिशतले घटेको छ । एक करोड २३ लाख २२ हजार कित्ता शेयर चार अर्ब ५६ करोड ६५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन रि इन्स्योरेन्सको ६० करोड रुपैयाँको सेयर किनबेच भएको छ । उक्त कम्पनीको शेयरको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ६ सय ७० रुपैयाँ रह्यो ।

यस्तै ज्ञादी ग्रुप अफ पावरको २३ करोड ८३ लाखको शेयर किनबेच भएको छ भने तेस्रो स्थानमा रहेको हाथवे इन्भेस्टमेन्टको १२ करोड ८७ लाखको किनबेच भएको छ ।