१ असार २०८३, सोमबार

ललितपुरमा जर्मन महिला मृत फेला, हत्याको आशंका

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । ललितपुरमा एक जर्मन महिला मृत फेला पर्नुभएको छ ।

ललितपुर महानगरपालिका–१६, नागबहालमा ५२ वर्षीया जर्मन महिला एडि इल एचइडी आज मृत फेला पर्नुभएको हो ।

उहाँ एक वर्षदेखि ललितपुरको ग्रिन तारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा बस्दै आउनु भएको थियो । उनको टाउकोमा चोट देखिएकाले हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।