७ असार २०८३, आइतबार

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । विगत तीन दिनसम्म स्थिर रहेको सुनको मूल्यमा सोमबार वृद्धि भएको छ ।

आइतबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएकोमा सोमबार ३ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख १८ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार तेजावी सुन तोलाको १ लाख १७ अजार ७ सय ५० रुपैयाँ प्रतितोला तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि यसको असर देखिएको हो ।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिनसम्म प्रतितोला १४ सय रुपैयाँ रहेको चाँदी सोमबार १४ सय ५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।