८ असार २०८३, सोमबार

अध्यागमनका कर्मचारीसँग झडपमा उत्रिएका प्रहरीलाई विमानस्थलबाट हटाइयो

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यालयभित्र अध्यागमनका कर्मचारीसँग झडपमा उत्रिएका प्रहरीलाई विमानस्थलबाट हटाइएको छ ।

गत शुक्रबार विमानस्थलभित्र अध्यागमनका कर्मचारी र त्यहाँ खटिएका कर्मचारीबीचको विवाद हातपात भएको थियो । त्यसपछि ती प्रहरीलाई विमानस्थलबाट हटाइएको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई भेट्न आएका कर्मचारी संगठनका नेताहरूलाई जानकारी दिनुभएको हो ।

संगठनका नेताहरुले कर्मचारीसँग कुटपिटमा उत्रिएका प्रहरीलाई तीन दिनभित्र कारबाही नगरे अध्यागमनसहित देशभर कामकाज ठप्प पार्ने चेतावनी गृहमन्त्रीलाई दिएका थिए । त्यसपछि गृहमन्त्री श्रेष्ठले डीएसपीसहितको कमाण्डका र कुटपिटमा उत्रिएका प्रहरीलाई विमानस्थलबाट हटाइसकिएको जवाफ कर्मचारीका नेताहरूलाई दिनुभएको छ ।

कर्मचारी संगठनका नेताहरूसँग गृहमन्त्री श्रेष्ठसहित गृहसचिव दिनेश भट्टराई, अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र विमानस्थल घटना छानबिन समितिको संयोजक एवम गृहका सहसचिव थानेश्वर गौतम पनि सहभागी थिए ।