३१ जेष्ठ २०८३, आइतबार

अधिकृतलाई हातपात गर्ने विमानस्थलका दुईजना प्रहरीको ड्यूटी अन्यत्रै सारियो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । अध्यागमन अधिकृतलाई कुटपिट गरेको आरोप लागेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका दुईजना कर्मचारीको ड्यूटी अन्यत्रै सारिएको छ ।

असई सन्दीप तामाङसहितका प्रहरी कर्मचारीहरुलाई तत्काल घटना भएको स्थानबाट अन्य क्षेत्रमा ड्यूटी सारिएको हो ।

​गृहमन्त्रीसँगको भेटमा कर्मचारीहरूले आक्रमणमा संलग्न प्रहरीलाई कारबाही नगरे देशभरका अध्यागमन सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।

प्रहरीले भने अधिकृतले पहिला प्रहरीमाथि हातपात गरेपछि घटना भएको बताएको छ ।