६ असार २०८३, शनिबार

अदालतको अवहेलना मुद्दामा प्रचण्डलाई सफाइ (फैसलाको पूर्णपाठसहित)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा सफाइ दिएको छ।

प्रचण्डले २०७३ वैशाखमा दिएको एउटा विवादास्पद अभिव्यक्तिलाई लिएर सर्वोच्चमा अदालतको अवहेलनासम्बन्धी मुद्दा परेको थियो । सर्वोच्चले अधिवक्ता दिनेश त्रिपाठीले हालेको रिट निवेदन खारेज गर्दै प्रचण्डलाई सफाइ दिएको हो ।

सात वर्ष पुरानो एक अभिव्यक्तिका कारण अवहेलनाको आरोप खेपेका दाहाललाई सर्वोच्च अदालतको संयुक्त इजलासले सफाइ दिएको हो । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले अवहेलनासम्बन्धी उजुरीमा ‘मागदावी नपुग्ने’ भनी निर्णय सुनाएको हो । फैसलाको पूर्णपाठ जारी गर्दै सर्वोच्चले धम्कीको भाषा नबोल्न चेतावनी दिएको छ ।

फैसलामा भनिएको छ, ‘धम्कीको भाषा, त्रासमा पार्न खोज्ने चेष्टा अदालतको आदेश नमान्ने सार्वजनिक चुनौती, जनमानसमा भ्रम पैदा हुने खालका उत्तेजनापूर्ण अभिव्यक्ति दिने वा प्रकाशन गर्ने कार्यबाट कोही कसैको पनि वैधानिक हितको संरक्षण हुन सक्तैन।’