२० असार २०८३, शनिबार

राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिलाई बुझाइयो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन बुझाइएको छ ।

निर्वाचन आयोगले माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको हो ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको टोलीले प्रतिवेदन बुझाउनु भएको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८० को निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।