१६ असार २०८३, मंगलबार

प्रतिगमनकारीहरु राजनीतिक अस्थिरता पैदा गर्न खोज्दैछन् : माधव कुमार नेपाल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको निराशा र आक्रोशलाई उपयोग गरेर प्रतिगमनकारीबाट राजनीतिक अस्थिरता पैदा गर्ने काम भइरहेको बताउनु भएको छ ।

आइतबार पार्टीको केन्द्रीय परिषद्को दोस्रो बैठकलाई सम्बोधन गर्दै उहाँले सरकारले जनपक्षीय काम गर्ने प्रयत्न गरिरहेपनि जनताको निराशा र आक्रोशलाई उपयोग गरेर प्रतिगमनकारीबाट राजनीतिक अस्थिरता पैदा गर्ने प्रयास भइरहेको बताउनु भएको हो ।

उहाँले भन्नुभयो,‘यतिबेला गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनेको छ । यो सरकारले जनपक्षीय कामगर्ने प्रयत्न गरिरहेको छ । मुलुकको वर्तमान अवस्थामा जनताको निराशा, प्रतिरोध र आक्रोशको भावनालाई उपयोग गर्दै प्रतिगमनकारीहरुबाट विद्यमान व्यवस्था परिवर्तनको नाममा विभिन्न गतिविधि सञ्चालन गरी राजनीतिक अस्थितरता पैदागर्ने र सामाजिक सद्भाव खलबल्याउने कोशिस भइरहेको छ ।’

उहाँले एमालेले राष्ट्रियसभाको निर्वाचन उपयोग गर्दै गठबन्धनलाई कमजोर बनाउने नीतिलिएको लिएको टिप्पणी गर्नुभयो ।