२८ असार २०८३, आइतबार

सूर्यदर्शन सहकारीका अध्यक्ष बुढामगर र पूर्वअध्यक्ष राईविरूद्व पनि डिफ्यूजन नोटिस जारी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष र पूर्वअध्यक्षविरूद्व पनि डिफ्यूजन नोटिस जारी भएको छ ।

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्व अध्यक्ष भुपेन्द्र राईविरूद्व पनि डिफ्युजन नोटिस जारी गरेको हो ।

यसअघि यही सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त रहेका राईविरूद्व डिफ्यूजन नोटिस जारी भइसकेको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबीसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको छ । जसमध्ये १५ जना अझै फरार छन् ।