२८ असार २०८३, आइतबार

प्रदेश संसदीय दलको नेताबाट खगराजलाई हटाउने निर्णय फिर्ता लिन माओवादीको निर्देशन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । खगराज भट्टलाई नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताबाट हटाउने निर्णय फिर्ता लिन माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिले निर्देशन दिएको छ ।

यही माघ १२ गते बहुमत सदस्यले संसदीय दलको नेताबाट भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाएको थियो । यसप्रति आपत्ति जनाउँदै माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिले तुरुन्त निर्णय सच्याउन निर्देशन दिएको हो।

शनिबार माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिका उपलब्ध पदाधीकारीको बैठकले प्रदेश संसदीय दललाई भट्टलाई नै दलको नेतामा पुन:स्थापित गर्न निर्देशन दिने निर्णय गरेके हो।

प्रदेश कमिटीले संसदीय दलभित्रको समस्यालाई गम्भीरतापूर्वक लिएर केन्द्रीय कार्यालयको उपस्थितिमा विवाद समाधान गर्ने पहल गर्नसमेत आग्रह गरेको छ ।