३० असार २०८३, मंगलबार

एमाले टोखा नगर कमिटी अन्तर्गत चारवटा वडाको अधिवेशन सम्पन्न

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । नेकपा (एमाले) टोखा नगर कमिटी अन्तर्गत चार वटा वडाको अधिवेशन आज सम्पन्न भएको छ ।

आज वडा नम्बर ७, ८, ९ र ११ को अधिवेशन सम्पन्न भएको हो । वडा नम्बर ७ को अधिवेशन पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, ८ को स्थायी कमिटी सदस्य एवम् परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, ९ को पार्टी पोलिट्ब्यूरो सदस्य आनन्द पोखरेल र वडा नम्बर ११ को अधिवेशन केन्द्रीय कमिटी सदस्य केशव पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

अधिवेशनले वडा नम्बर ७ मा नविन थापामगरको अध्यक्षतामा २१ सदस्य वडा कमिटी गठन गरेको छ। जसमा उपाध्यक्ष कमला पाण्डे पाठक, सचिव सपना राना र उप सचिव दिनेश महर्जन चयन हुनुभएको छ ।

यस्तै, वडा नम्बर ८ मा सुशिला लोहनीको अध्यक्षतामा २४ सदस्यीय कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा अनुप कुमार राई, सचिव विकास सिलवाल, उप सचिव सरोज खत्री, उप सचिव (महिला) सिता अधिकारी चयन हुनु भएको छ ।

यसैगरी वडा नम्बर ११ मा गणेश दाहालको अध्यक्षतामा १५ सदस्य रहने गरी कमिटी गठन गरिएकामा उपाध्यक्षमा भावना गौतम, सचिवमा राकेश महर्जन, उपसचिव हिरामाया थापामगर, उपसचिव (महिला) मा सुमन खडका चयन हुनुभयो ।