२२ जेष्ठ २०८३, शुक्रबार

एमाले बाहेकका पार्टीले देश चलाउन सक्दैनन् : ईश्वर पोखरेल

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले बाहेकका पार्टीले देश चलाउन नसक्ने बताउनुभएको छ ।

शनिबार टोखा नगरपालिका वडा नम्बर ७ को तेस्रो वडा अधिवेशनमा उहाँले एमालेलाई एकातर्फ राखेर सबै मिलेर सिद्ध्याउने योजनामा लागेका भन्दै देश बनाउने काम एमाले बाहेक अरुले नसक्ने बताउनुभयो ।

गौरवशाली इतिहास र भविष्य नभएका पार्टीले देश विकास गर्न नसक्ने उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘अहिले एमाले एकातर्फ र अन्य सबै पार्टी एकतर्फ पोको परेका छन् । देखिने नदेखिने साथै देशभित्रका र बाहिरका सबै मिलेर एमालेलाई सकाउने योजनामा छन् । तर त्यो सफल हुँदैन् । एमाले बाहेकको पार्टीले यो देश चलाउन सक्दैन । अहिले देखापरेका दलहरुको पृष्ठभूमि के हो, कहाँ, कसरी जन्मिएको हो ठेगान छैन्, भोली देश कस्तो बनाउने भन्ने कुराको पनि मार्गचित्र छैन् ।’

नेकपा एमालेले अनियमितता र वेतिथि केही सहन नसक्ने बताउँदै उहाँले कसैले त्यस्तो गर्‍यो भने त्यो एमाले हुन नसक्ने जिकीर गर्नुभयो ।