५ असार २०८३, शुक्रबार

विकास निर्माणका काममा सरकार असफल : महासचिव पोखरेल

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गलकोट, १३ माघ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विकास–निर्माणका काममा वर्तमान सरकार असफल भएको आरोप लगाउनुभएको छ ।

नेकपा (एमाले) बागलुङले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटमा महासचिव पोखरेलले वर्तमान सरकारले जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले राजश्व संकलनमा सरकारले ध्यान नदिँदा कर्मचारीलाई मासिक तलब उपलब्ध गराउन कठिन परिस्थिति उत्पन्न भएको बताउनुभयो ।

आफू सम्बद्ध दल जनतामाझ लोकप्रिय रहेको दाबी गर्दै उहाँले पार्टी संगठनलाई भने रूपान्तरण गर्दै लैजाने नीति रहेको बताउनुभयो । राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्न उहाँले कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।