१ असार २०८३, सोमबार

कंगोमा विद्रोहीको आक्रमणमा १९ जनाको मृत्यु

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । उत्तरी कंगोको किभु प्रान्तमा विद्रोही लडाकुले गरेको आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा पछिल्लो घटना भएको त्यहाँको सेनाले पुष्टि गरेको छ ।

सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जी.एन.काइकोले विद्रोही लडाकुहरूले म्वेसो शहरमा मोर्टार बम प्रहार गरेको बताउनुभएको छ । हमलामा २७ सर्वसाधारण पनि घाइते भएका छन् ।

बिहीबार साँझको आक्रमणपछि सर्वसाधारणले म्वेसोको सरकारी अस्पतालमा शरण लिएका थिए ।